१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकार, राजनीतिक दल र ’जेनजी’ बीच आज त्रिपक्षीय बैठक

प्रतिनिधि सभा निर्वाचनको वातावरण तयार गर्नका लागि सरकारले आज (बुधबार) पहिलो पटक राजनीतिक दल र ’जेनजी’का प्रतिनिधिहरूसँग संयुक्त छलफल आयोजना गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज ४ बजे बस्ने त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दलका नेताहरू र जेनजी समूहका प्रतिनिधिहरू सहभागी हुने भएका छन्।    

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताएका छन्। उनले निर्वाचन सफल बनाउन सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको बताएका छन्।  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा यसअघि कात्तिक ४ गते सर्वदलीय बैठक बसेको थियो।  जसमा निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सबै पक्ष सकारात्मक भएका थिए।    

सरकारले निर्वाचनको तयारीस्वरूप सबैखाले काम अगाडि बढाएको छ भने निर्वाचन आयोगसँग पनि  निरन्तर छलफल गरिरहेको छ।

प्रकाशित: १२ कार्तिक २०८२ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App