प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले दैनिक औसत आठ जना नेपालीको सडक दुर्घटनामा परी ज्यान जाने गरेको अवस्था रहेकाले सडक सुरक्षालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको विशेष समयमा उनले पछिल्लो १० वर्षमा २४ हजार ९५ नेपालीको मृत्यु हुनु दुखद भएको भन्दै सडक सुरक्षा सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद कार्कीले सडक सुरक्षा विधेयक अगाडि बढ्न नसकेको भन्दै त्यसलाई अघि बढाएर सडक यातायातलाई सुरक्षित बनाउनुपर्ने माग गरिन्। साथै, एकीकृत ट्रमा नीति आवश्यक भएको भन्दै उनले सातै प्रदेशका ट्रमा सेन्टर चलाउनुपर्ने माग राखिन्।
प्रकाशित: ७ जेष्ठ २०८३ १४:१३ बिहीबार





