२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

तोसिमा भन्छिन्ः महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् !

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले आफू पार्टीभित्रबाट प्रोपागण्डाको सिकार भएको बताएकी छिन्। पार्टीलाई समय सापेक्षिक बनाउनु भन्ने आफ्नो भावनालाई गलत रूपमा अर्थ्याएर भ्रम छर्न खोजेको उनले आरोप लगाइन्। 

आफूलाई बदनाम गर्नेलाई उनले चुनौती समेत दिइन्। ‘पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रूपान्तरण गरौँ भनी जिम्मेवार पूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा गेट आउट भन्ने अनि भन्न लगाउने,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।’

यही आन्दोलनमै पनि प्रहरीको गोलीबिच हिँडेको मान्छे हो भन्दै उनले प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तीभर नडराउने बताइन्। 

‘तिमीहरूले जति नै  गरे पनि राजनीतिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पङ्क्ति छोडेर पनि भाग्दैन,’ उनले लेखेकी छिन्, ‘देश बनाउन हिँडेको योद्धा हो। लड्छु।’ 

उनले कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेस गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरञ्जित गर्ने गरेको आरोप समेत लगाइन्। 

‘विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर  मिडिया ट्रायल गरेर गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने?’ उनले लेखेकी छिन्, ‘हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर – लाखौँ कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग।’

प्रकाशित: १२ आश्विन २०८२ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App