५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

खोटाङका तीन जना एमाले केन्द्रीय सदस्य निर्वाचित

भर्खरै सम्पन्न नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा खोटाङबाट तीन जना केन्द्रीय सदस्य जितेका छन् । राजधानीमा सम्पन्न महाधिवेशनले खोटाङलाई ३ केन्द्रीय सदस्य दिलाउन सफल भएको हो ।  

महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा विशाल भट्टराई र खुला महिला केन्द्रीय सदस्यमा विणादेवी राईलाई विजयी भएका छन् । त्यस्तै आदिवासी जनजाति महिला क्लस्टरतर्फ उषाकला राई केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् ।  

एमाले खोटाङका सचिव सुरेन्द्र राईले निर्वाचित ३ जना नै अध्यक्ष केपी ओली प्यानलबाट उम्मेदवार बनेर केन्द्रीय सदस्य बनेको बताए । उनका अनुसार भट्टराईले १ हजार ५ सय २७ मत पाएका थिए भने विणादेवीले १ हजार ८ सय ४६ मत लिएकी थिईन् । उषाकलालाई १ हजार ८ सय ४ मत परेको सचिव राईले बताए ।  

महाधिवेशनमा खोटाङबाट केन्द्रीय स्दस्यमा ५ जनाको उम्मेदवारी परेकोमा दुईजना भने पराजित भएका छन् । अर्का अध्यक्षका प्रत्यासी इश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्य उठेका खगेन्द्र राई र रमेशकुमार पौडेल भने पराजित भएका हुन् । राईले ८ सय २२ मत प्राप्त गरे भने पौडेललाई ७ सय ५८ मत परेको छ ।  

खोटाङबाट केन्द्रीय अनुशासन आयोग सदस्यमा पनि प्रतिनिधित्व भएको छ । आयोग सदस्यमा कर्ण घले निर्वाचित भएको सचिव राईले बताए । ओली समूहबाटै उम्मेदवार बनेका घलेले २ हजार ४२ मत ल्याउँदै अनुशासन आयोजको सदस्यमा निर्वाचित भएको पार्टीले जनाएको छ ।

प्रकाशित: ३ पुस २०८२ २१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App