राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका हुन्।
नेकपा नेता गौतम बर्दिया-१, श्रेष्ठ सर्लाही-३ र न्यौपानेले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन्। उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो।
प्रकाशित: ४ माघ २०८२ १३:२९ आइतबार





