१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईँलाई बिनासर्त तत्काल रिहा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।

वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेटेर प्रसाईँको रिहाइको माग गरेको छ।

'बिना कारण पटकपटक पक्राउ गरिरहने र हिजो फेरि नियन्त्रणमा लिइ हिरासतमा राखिएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बिनासर्त तत्काल रिहा गर्न आज राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ,' प्रवक्ता श्रेष्ठले लेखेका छन्, 'वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेटेर प्रसाईको रिहाइको माग गरेको छ।

प्रसाईँलाई निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोपमा सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: ५ फाल्गुन २०८२ १७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App