२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

३४ दिनपछि सार्वजनिक हुँदा यस्ता देखिए देउवा दम्पती (तस्बिरहरु)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा मङ्गलबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।

जेन-जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएपछि उनीहरु स्वास्थ्य लाभ गरिरहेका थिए।

गत भदौ २४ गते बुढानीलकण्ठस्थित निजी निवासमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती ३५ दिनपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका हुन्।

आक्रमणका क्रममा सभापति देउवाको टाउकोमा गम्भीर चोट लागेको थियो।

अस्पतालबाट डिस्चार्ज भएर स्वास्थ्य लाभ गरिरहेका देउवा यसअघि पार्टीका अन्य बैठक तथा सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

मङ्गलबार पार्टी कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी हुन पुग्दा सभापति देउवा र नेतृ राणालाई पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।

हेराैं तस्बिरहरु, सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: २८ आश्विन २०८२ १५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App