नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यो निर्वाचन प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह भएको बताएका छन्। राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरूलाई परास्त गर्ने सङ्कल्प गर्दे निर्वाचनमा होमिन उनले सबैलाई आग्रह गरे।
‘यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रह हो ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिंसाको विरुद्ध शान्तिको,अराजकताको विरुद्ध अनुशासनको, र विध्वंसको विरुद्ध निर्माणको छनौट हो।’
उनले यो निर्वाचन संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह रहेको समेत बताएका छन्।
प्रकाशित: ६ माघ २०८२ ०८:४३ मंगलबार





