२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

यो अराजकतन्त्र लामो समय चल्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलो भएर अघि नबढ्न चेतावनी दिएका छन्।

बुधबार केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।

अहिलेको सरकारलाई अराजक तन्त्रको संज्ञा दिँदै उनले भने,‘ समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला। राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले। यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन।’

पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले भदौ २३/२४ गतेको आक्रमण राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन रहेको औँल्याए।

प्रकाशित: २० जेष्ठ २०८३ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App