१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

'संविधान संशोधन जनतालाई ढाँट्ने कुरा बाहेक केही थिएन, सरकार पूर्णत: असफल भयो'

मातृभूमि जागरण अभियानका संयोजक तथा नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले सरकार पूर्णत: असफल भएको टिप्पणी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै रावलले यस्तो बताएका हुन्।

एक वर्षको अवधिसम्म सरकार पूर्णत: असफ भइसकेको उनले बताए। 'यो सरकारको एक वर्षमा बाचा र घोषणाअनुरूप केही पनि भएन। संविधान संशोधन जनतालाई ढाँट्ने कुरा बाहेक केही थिएन। जनताको अपेक्षा हेर्ने हो भने सरकार पूर्णत: असफल भयो,' उनले भने।

रावलले नेपाली कांग्रेस- नेकपा (एमाले) गठबन्धन बिना सिद्धान्त, राष्ट्रको हित र विषयहरू बिना बनेको बताए। 'यो गठबन्धन केबल केही शक्तिशाली व्यक्तिहरूको निहीत स्वार्थमा बनेको हो। स्वार्थ मिलेसम्म रहन्छ, नभए २४ घण्टा पनि नरहन सक्छ। त्यसकारण यो केही भन्न सकिँदैन,' उनले भने।

प्रकाशित: ७ श्रावण २०८२ १९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App