एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्दै ओलीले सानो दिल र चित्त भएको भनेर टिप्पणी गर्न आवश्यक नरहेको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइरहेको छ । देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन् । यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन । फराकिलो ढंगले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा ।’
प्रकाशित: २४ कार्तिक २०८२ १८:१८ सोमबार





