११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सङ्कटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्, 'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ। उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौँ।'

नेपालका जेनजी युवाले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रधानमन्त्रीले जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्न जरुरी रहेको बताएकी छन्।

'हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ। देशमा न्याय, विधिको शासनको अपेक्षा छ। देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ,' प्रधानमन्त्रीले सन्देशमा भनेकी छन्, 'युवापुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ।'

प्रकाशित: २४ आश्विन २०८२ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App