२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

कहिल्यै मलको समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा छ : खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मलको समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन्।

बिहीबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै खतिवडाले यस्तो टिप्पणी गरेका हुन्। 'देशभर मलको हाहाकार छ, हामीले कृषिमन्त्री नियुक्ति गर्छौँ, कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरू नियुक्ति गर्ने परम्पराको विकास भएको छ,' उनले भने।

उनले लम्पीस्कीनलगायतका रोगकका कारण जनता पीडित रहेको उल्लेख गर्दै जिल्ला-जिल्लामा चिकित्सक र औषधिको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन्। 'जनता पीडित छन्, लम्पीस्कीन रोगले त्यस्तै देशभर सताएको छ। धेरै वस्तुभाउहरू मरिरहेका छन्। प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था होस् भनेर अनुरोध गर्न चाहन्छु,' उनले भने।

प्रकाशित: २९ श्रावण २०८२ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App