२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनको आवश्यकता छः नारायणकाजी

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठन आजको अपरिहार्य आवश्यकता रहेको बताएका छन्। श्रेष्ठले कम्युनिष्ट पार्टीहरूबीचको एकता प्रक्रिया सार्थक र परिणाममुखी बनाउनका लागि हतारभन्दा पनि गम्भीर वैचारिक पहल जरुरी रहेको बताएका छन्।  

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् ‘एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रुपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ।’  

श्रेष्ठले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी सँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरे यसलाई समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दु बनाउन सक्नुपर्नेमा जोड दिएका छन्।  

प्रकाशित: १२ कार्तिक २०८२ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App