नेकपा नेता वर्षमान पुनले रास्वपा र आफ्नो पार्टीबीच धेरै विषयमा समानता रहेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं। पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं।’
दुई पार्टीबीच सुशासनको एजेन्डामा पनि समान रहेको बताउँदै उनले नेकपा र रास्वपाको जति निकट सहकार्य अरुसँग नभएको दाबी गरे।
यस्तै, उनले राजनीतिक परिवर्तन र सुधारका नाममा संविधानभन्दा बाहिर जान नहुने बताउँदै प्राप्त उपलब्धिको संरक्षण गर्दै संविधानको दायराभित्र रहेर राजनीतिक प्रतिस्पर्धा र सुधारका प्रयास अघि बढाउनुपर्ने सुझाव दिए।
प्रकाशित: ७ असार २०८३ १७:१४ आइतबार





-600x400.jpg)