संविधानको संशोधनका विषयमा आज सञ्चारमाध्यमका सम्पादकसँग छलफल हुने भएको छ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज विभिन्न सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकहरूसँग सुझाव सङ्कलन गर्ने जनाएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि सम्पादकहरूलाई बोलाएका छन् । छलफल दिउँसो ४:०० बजेदेखि हुनेछ । कार्यदलले सम्पादकहरूसँग संविधान संशोधनका विषयमा सुझाव माग्नेछ ।
प्रकाशित: २८ वैशाख २०८३ १४:३७ सोमबार





