राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज राष्ट्रिय सभाहलको कक्ष अवलोकन गरेका छन् ।
नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठक हल बाहिरबाट हेर्दा कम क्षति भएको देखिएको थियो । सो कक्षमा भित्रबाट हेर्दा भने पूरै ध्वस्त भएको पाइएको छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले आफ्नो बैठक कक्ष पूर्ण रुपमा निरीक्षण गर्दा निशब्द भएका छन् । उनले बाहिरबाट देखिएको र भित्र भएको क्षति अनुमान नै गर्न नसकिने खालको पाइएको बताएका छन् ।
प्रकाशित: ८ आश्विन २०८२ १७:४३ बुधबार





