नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले संसद् नियमित सञ्चालन हुनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता पुनले प्रधानमन्त्रीको भनाइ सच्चिनुपर्ने बताउँदै यस्तो बताएका हुन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलले निरन्तर विरोध गर्दै आएको बताउँदै उनले समाधान खोज्नुपर्ने बताए।
सो अवसरमा उनले सभामुख डोलप्रसाद अर्याललाई सहमतिका लागि बैठक स्थगित गर्न अनुरोध गरेका थिए। सभामुखले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
सांसद पुनले प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा आएर भन्न खोजेको आशय के हो ? त्यो पनि रोष्टममा उभिएर बताउनुपर्ने बताए।
पुनले भने, ‘प्रधानमन्त्रीको विषय सच्चिनुपर्छ, संसद्को रेकर्डबाट हट्नुपर्छ।’ सो अवसरमा उनले रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सकारात्मक छलफल भएको भएको जानकारी समेत गराएका थिए।
प्रकाशित: २५ जेष्ठ २०८३ १३:५० सोमबार





