२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले राजीनामा दिए, अब के गर्लान राष्ट्रपतिले ?

जेनजीको आन्दोलनले उत्पन्न परिस्थितिले प्रधानमन्त्रीलाई हटाएको छ ।  

आफ्नो अडानमा कायम रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिनभर र मंगलबार दुई बजेसम्मको अवस्था हेरे पछि अब स्थिति नियन्त्रण बाहिर गयो भन्ने निष्कर्षसहित पदबाट राजीनामा दिएका छन् ।  

राष्ट्रपतिलाई राजीनामा पत्र बुझाउँदै ओलीले हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधान गर्न भन्दै आजैका मितिदेखि लागू हुने गरी राजीनामा बुझाएका छन् ।  

प्रधानमन्त्रीले राजीनामा बुझाएसँगै अब समस्या समाधानको पहल गर्ने जिम्मा राष्ट्रपति कहाँ पुगेको छ ।  

राष्ट्रपतिले अब के गर्लान ? निकासका लागि राष्ट्रपतिले चाल्ने कदम के होला त्यो अब चासोको विषय बनेको छ।

प्रकाशित: २४ भाद्र २०८२ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App