राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पार्टी विलय गराएका विवेकशील साझा पार्टीका प्रमुख नेताहरूको रुचि समानुपातिकमै केन्द्रित देखिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विवेकशीलका पूर्व नेताहरूले रास्वपा बाट समानुपातिक तर्फकै प्रारम्भिक सुचीमा नाम राखेका छन्।
रास्वपाको प्रारम्भिक सूचीमा समानुपातिकतर्फ उम्मेदवार हुन चाहने कुल ३५३ जनाले आकांक्षा देखाएका छन्। जसमा विवेकशीलबाट आएका सबैजसो प्रमुख नेताको रुचि देखिएको हो।
जसमा विवेकशील साझाकी तत्कालीन अध्यक्ष रहेकी समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र महासचिव रञ्जु दर्शना नै सामेल छन्।
रास्वपाले भर्खरै सार्वजनिक गरेको प्रारम्भिक सूचीमा बास्कोटा र दर्शनाको नाम बागमती प्रदेशबाट खस आर्यतर्फमा सामेल छ। यस्तै परियारले कोसी प्रदेशबाट दलिततर्फ समानुपातिक सूचीमा नाम सामेल गराएका छन्।
गत मंसिर १४ गते विवेकशील साझा पार्टी रास्वपामा विलय भएको थियो। त्यो बेला नेताहरूले बिना सर्त रास्वपामा समाहित भएको बताएका थिए।
प्रकाशित: ४ पुस २०८२ १३:३३ शुक्रबार





