सरकारले लामो समयदेखि पदाधिकारीविहीन रहेका चारवटा प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार स्वास्थ्यमन्त्री संयोजक रहेको सर्च कमिटीको सिफारिसमा उपकुलपतिहरू नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ नेतृत्व पाएका हुन्।
को कहाँ नियुक्त भए ?
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: प्रा.डा. बुद्धि पौडेल
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: डा. भरत खत्री
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान: प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: डा. पूजनकुमार रोकाया
उपकुलपति नियुक्तिका लागि सरकारले गत असार ४ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजकत्वमा एक सर्च कमिटी गठन गरेको थियो।
उक्त कमिटीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए। कमिटीले बुझाएको सिफारिसका आधारमा प्रधानमन्त्री ओलीले उपकुलपतिहरू नियुक्त गरेका हुन्।
प्रकाशित: २७ श्रावण २०८२ २२:०२ मंगलबार





