२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन् : खड्का

फाइल तस्बिर

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन्।

तामाङ जातिको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा शुभकामना व्यक्त गर्दै खड्काले पर्वले सामाजिक सद्भावलाई समेत थप सुदृढ बनाउँदै आएको बताएका छन्। विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक र ऐतिहासिक रीतिरिवाज तथा परम्परा रहेका र तीमध्ये सोनाम ल्होसारले तामाङ समुदायको सामाजिक जीवनमा गहिरो छाप छोड्दै विशिष्ट पहिचान स्थापित गरेको उनको भनाइ छ।

उनले प्रकृति प्रेमीका रुपमा परिचित तामाङ समुदायले यस पर्वका अवसरमा कुलपुजा तथा प्रकृतिको आराधना गर्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन्। उनले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वासका साथ सबैमा शुभकामना व्यक्त गरेका छन्। रासस

प्रकाशित: ५ माघ २०८२ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App