३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

देश जेनजीले होइन अपराधीले जलाएका हुन् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको नाममा अपराधीले जलाएको बताएका छन्।

आज झापाको दमक नगरपालिका-२ स्थित हिमालय उच्च मावीमा आयोजना नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उक्त धारणा राखेका थिए। गत भदौ २३ र ३४ गते मुलुकमा भएको आगजनी तोडफोड जेनजीले पुस्ताले नगरेको उनको दाबी छ।

उनले भने, 'नेपाल शिक्षक संगठन भनेजस्तै जेनजी एउटा उमेर समूह हो। यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसपैठ गरेर अपराधी मुलुक जलाएका हुन्।' शिक्षक विद्यार्थीले देश नजलाएको उनले प्रष्ट पारे।

शिक्षकहरूको मागका विषयमा अध्यक्ष ओलीले भने, 'म प्रधनमन्त्री भएको अवस्थामा नै शिक्षकका माग उठाइएको थियो। मैले वार्तामा आउन पटक-पटक शिक्षक संगठनका प्रतिनिधिहरूलाई आह्वान पनि गरेको थिएँ। उहाँहरू आउनुभएन र सरकार र प्रधानमन्त्रीको विरोधमा मात्र उत्रनु थाल्नुभयो।'

प्रकाशित: ३ फाल्गुन २०८२ १६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App