२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘टालाटुली बटुली’ गरेर मुलुक चल्दैनः रामहरि खतिवडा

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले वर्तमान गठबन्धन २०८४ सम्म टिक्नु पर्ने बताएका छन्। बुधबार मात्रै राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा गरेका खतिवडाले ‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधानसम्पादक गुणराज लुइँटेलसँगको संवादमा यस्तो धारणा राखेका हुन्।

 ‘यो गठबन्धन २०८४ सम्म टिक्नु पनि पर्छ। दुइटा ठुला पार्टीहरू असफल भए भने अरूबाट सफलताको बाटोमा जान सकिँदैन,’ उनले भने, ‘हामीले अरूको हविगत पनि हेरेका छौँ। ‘टालाटुली बटुली’ गरेर मुलुक चल्दैन।’ 

 कसैले कराएर, गाली गरेर, विरोध गरेर पनि मुलुक नचल्ने बताउँदै  यो गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ३० श्रावण २०८२ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App