३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिए । 

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल छन्। 

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । त्यसका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समयसीमा कात्तिक ३० गतेसम्म छ ।

प्रकाशित: २८ कार्तिक २०८२ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App