नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि सुरु हुने छ। महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने भएको छ।
सोमबार र मंगलबार हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्। ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल गराउने तयारी रहेको बताइएको छ।
बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने छन्।
प्रकाशित: १८ आश्विन २०८३ ०९:४९ आइतबार



-600x400.jpg)

