३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सेनाले नियन्त्रणमा लियो संसद् भवन वरिपरिको सडक

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।

आज दिउँसो जेन-जी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर अहिले अपराह्नमा सेनाले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो।

अहिले प्रदर्शनकारी बानेश्वर र बिजुलीबजार बीचका क्षेत्रमा छन्।

प्रदर्शनकारी अझै तितरवितर नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले बताएका छन् । 

प्रकाशित: २३ भाद्र २०८२ १६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App