श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चुनावी मतपेटिका ढुवानी प्रक्रियाबारे चासो व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले मतपेटिका सिधै नेपाली सेनाले गणना स्थलसम्म लैजाने चर्चा आएको उल्लेख गर्दै दलका प्रतिनिधिबिना सेनाले मात्रै मतपेटिका बोक्नु उपयुक्त नहुने धारणा राखेका छन्।
उनले प्रतिनिधिबिना मतपेटिका ढुवानी गरिएमा शंका उत्पन्न हुन सक्ने जिकिर गरे।
'यो चुनावको मतपेटिका सिधै नेपाली सेनाले गणना स्थलसम्म लाने भन्ने आयो तर दलका प्रतिनिधिबिना सेनाले मात्रै बोक्नु हुँदैन!' उनले सामाजिक सञ्जालमार्फत भने, 'प्रतिनिधिबिना त्यसो गरिए त्यहाँ शंका उत्पन्न हुन सक्छ!'
प्रकाशित: १५ फाल्गुन २०८२ ०७:३१ शुक्रबार





