१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ओलीसामु शिक्षक नेताको खुलासा: शिक्षक आन्दोलनमै सरकार ढाल्न खोजिएको थियो

नेकपा एमाले निकट नेपाल शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षक आन्दोलनकै बेला केपी ओली नेतृत्वको सरकार ढाल्ने कोसिस भएको खुलासा गरेका छन्। शुक्रबार एमाले अध्यक्ष ओलीको उपस्थितिमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा अध्यक्ष भण्डारीले यस्तो खुलासा गरेका हुन्। 

‘शिक्षकको आन्दोलनमा पनि अहिले जसरी जेन–जी आन्दोलनमा घुसपैठ भयो, त्यसै गरी घुसपैठ गराउन खोजिएको हामीले महसुस गरिरहेका थियौँ,’ अध्यक्ष भण्डारीले भने, ‘त्यति बेला २९ दिनको आन्दोलन नहुनुपर्ने थियो, भयो।’ 

आन्दोलनमा संस्थापन पक्षभन्दा इतरको बाहुल्यता भएको अवस्था पनि उनले खुलाए। ‘त्यही भएकाले लम्ब्याएर सरकारलाई नै ढाल्ने हिसाबले लागेकाले आन्दोलन २९ दिनसम्म पुग्यो,’ भण्डारीले भने। 

त्यो महसुस गर्दागर्दै पनि रोक्न नसकेको उनले बताए। उनले अगाडि भने, ‘त्यो बेला पनि आन्दोलनलाई यही किसिमले अगाडि बढाउन खोजिएको थियो।’ 

ती कुरा तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष लैजान सक्ने अवस्था पनि नभएको उनले बताए।

उनले पहिले गिरिजाप्रसाद कोइराला हुँदा नेपाली कांग्रेसले संसद् पुनर्स्थापनाको कुरा उठाएको प्रसङ्ग स्मरण गर्दै अहिले कांग्रेसबाट किन नआएको होला? भन्दै प्रश्न पनि गरे। ‘कांग्रेसबाट पनि संसद् पुनर्स्थापनाको कुरा उठिदिए सजिलो हुन्थ्यो,’ उनले भने।

प्रकाशित: २१ कार्तिक २०८२ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App