मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छसदस्यीय कार्यदल गठन भएको छ ।
सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा भएको गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ ।
समितिमा प्रमुख प्रतिपक्षी दलबाट जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव रहनुभएको सभामुख मण्डलले जानकारी गराए।
प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रकाशित: २६ असार २०८२ १७:५७ बिहीबार





