१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

महाधिवेशनलाई ताप्लेजुङ एमालेले प्रतिनिधि छान्ने

नेकपा एमालेको ११ औं महाधिवेशनलाई ताप्लेजुङबाट १२ जना प्रतिनिधि चयन हुने भएका छन् । सात हजार ९१ पार्टी संगठित सदस्य रहेको एमालेमा ताप्लेजुङबाट लागि कम्तिमा चार महिलासहित १२ जना महाधिवेशन प्रतिनिधि चयन हुने जिल्ला पार्टी सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए।  

उनका अनुसार समावेशीतर्फबाट चार महिला, एक दलित र एक जना ४० वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस्तै खुल्लातर्फ ६ जना चयन हुने चाम्लिङले बताए ।  

एमालेको महाधिवेशन प्रतिनिधि चयन निर्देशिका अनुसार एक संघीय निर्वाचन क्षेत्र बराबर ४० वर्ष मुनि उमेर समूहका एकजना युवा प्रतिनिधि चयन हुनेछन् ।  

ताप्लेजुङमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र छ । महाधिवेशन प्रतिनिधि छनौटका लागि एमाले कोशी प्रदेश कमिटी सदस्य राजकुमार चुडाँलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।  

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष समेत रहेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयनका लागि अधिकतम् पहल गरिने र नभए निर्वाचनबाट प्रतिनिधि चयन गरिने जानकारी दिए ।  

सर्वसम्मत रुपमा नेतृत्व चयन नभए प्रत्येक वडामा निर्वाचन केन्द्र बनाई सम्वन्धित वडाका पार्टी संगठित सदस्यले आफ्नै वडामा रहेको निर्वाचन केन्द्रमार्फत महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचनमा सहभागिता जनाउनेछन् । ताप्लेजुङमा ६१ वटा वडा छन् । मंगलबार र बुधबार बसेको एमाले ताप्लेजुङको सातौं पूर्ण बैठकले महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन समिति गठन गरेको हो ।  

एमाले जिल्ला इञ्चार्ज तथा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे समेत एमाले ताप्लेजुङको सातौं पूर्ण बैठकमा सहभागिताका लागि आएका थिए ।  

बैठकले पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा र संगठन परिचालनसहितका विषयमा छलफल गरेको एमाले ताप्लेजुङले जनाएको छ । बैठकले पूर्णता दिन बाँकी रहेका विभागका पदाधिकारी तथा सदस्यहरुलाई समेत जिम्मेवारी दिएको एमाले ताप्लेजुङले जनाएको छ ।  

प्रकाशित: २० कार्तिक २०८२ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App