नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टी सचिव योगेश भट्टारालाई काउन्टर दिएका छन्। उनले पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगर्न भन्दै काउन्टर दिएका हुन्।
योगेशले बिहीबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको घटनापछि उत्पन्न राजनीतिक संकट, हिंसा र क्षतिबारे नेकपा (एमाले) भित्र गम्भीर आत्मसमीक्षा र नयाँ चेतनासहितको पुनर्गठनको बहस सुरु भएको बताएका थिए।
भट्टराईले राज्य, समाज र पार्टी संरचनामा बहुआयामिक रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
प्रकाशित: १० आश्विन २०८२ ०८:३१ शुक्रबार





