नेकपा एमालेका नेता तथा इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्बाङले पूर्वाग्रहपूर्ण हट त्यागेर समस्याको समाधान खोज्न एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा हिजोको घटनाले आफूलाई रातभर पोलेको, मर्माहत भएको बताउँदै दिवंगतको आत्माको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
उनले भनेका छन्, ‘सुन्दर भविष्यको परिकल्पना गरी आवाज उठाउने माथि किन बर्बरता पूर्वक गोली बर्साइयो । निस्पक्ष छानबिन होस । दोषीलाई कडा कारबाही होस् । नेतृत्वले आफ्नो हट त्यागेर समस्याको समाधान खोज्न जरुरी छ।’
सामाजिक सञ्जालमा यस्तो हतातयी घटना हुँदा पनि युवा मानिएका नेम्बाङको धारणा किन आएन भन्ने प्रश्न सोधिएको थियो ।
प्रकाशित: २४ भाद्र २०८२ १३:५६ मंगलबार





