११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई सुदनको प्रश्न : खोई लाज खोई नैतिकता खोई निष्ठा ?

हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति फेरि आक्रोश व्यक्त गरेका छन्।

जेनजी आन्दोलनमा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गर्न गएको भन्दै सुदन आक्रोशित भएका हुन्। 

'खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गाको? तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केही खुट्टा गुमाएका छन्, केही बच्चाहरू टुहुरा भएका छन्, केही पक्षाघात भएका छन्,' उनले सामाजिक सञ्जालाम लेखेका छन्, 'खोई लाज खोई नैतिकता खोई निष्ठा।'

प्रकाशित: २१ कार्तिक २०८२ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App