१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘एकता संवाद’ का लागि रवि भेट्न कारागार जाँदै सुदन

‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमा भेटवार्ता गर्ने भएका छन्।

वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकताको बहस चलिरहेका बेला गुरुङले बिहीबार ‘एकता संवाद’ का लागि लामिछानेलाई भेट्न लागेको जानकारी दिएका हुन्।

केही दिनअघि मात्र ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको भेटघाट भएको थियो। घिसिङ र साहबीचको उक्त भेटलाई आगामी निर्वाचनमा नयाँ समीकरणको सङ्केतका रूपमा धेरैले विश्लेषण गरिरहेका छन्।

विशेषतः आगामी चुनावमा बालेनले कुलमानलाई समर्थन गर्न सक्ने आँकलन भइरहेको छ।

सोही पृष्ठभूमिमा संयोजक गुरुङले पनि वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास स्वरूप लामिछानेसँग छलफल गर्न लागेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गुरुङले लेखेका छन्, ‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’

लामिछाने हाल सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा छन्।

प्रकाशित: १८ मंसिर २०८२ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App