३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

श्रम संस्कृतिमा भित्रिँदै सुदन, औपचारिक घोषणा आज

पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा भित्रिँदै छन्। आज (शुक्रबार) एकताको औपचारिक घोषणा हुने भएको छ।

किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने स्रोतले जनाएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित आज श्रम संस्कृति पार्टीमा समाहित हुन लागेका हुन्। श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ र उनीबिच गएराति एकताको सहमति भएको हो।

उनको समूहले एक सचिवसहित १५ केन्द्रीय सदस्य पाउने सहमति जुटेको बताइएको छ।

उनी तत्कालीन नेकपा (माओवादी केन्द्र)मा रहेका विभिन्न घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि त्यसमा अनुसन्तुष्टि जनाउँदै जनार्दन शर्मासँगै पार्टीबाट बाहिरिएका थिए।

प्रकाशित: २५ वैशाख २०८३ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App