२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

बैठकको एजेन्डामा विशेष महाधिवेशन छैनः प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी केन्द्रीय समिति बैठकको एजेन्डामा विशेष महाधिवेशनको विषय नसमेटिएको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन्।  

‘विशेष महाधिवेशनको विषय केन्द्रीय समिति बैठकको एजेन्डामा छैन,’ प्रवक्ता महतले भने,‘तर, कार्यवाहक सभापति र महामन्त्री ज्युले अनौपचारिक रूपमा विशेष महाधिवेशनको माग आएको कुरा जानकारी दिनुभएको छ।’ त्यो विषय अनौपचारिक रुपमा अन्य सदस्यले उठाइरहे पनि मुख्य कुरा नियमित महाधिवेशनकै विषयमा छलफल भइरहेको  प्रवक्ता महतले बताए।  

नियमित महाधिवेशनको विषयमा छलफल भइरहे पनि कार्यतालिकाका विषयमा कुनै प्रस्ताव नआएको पनि उले बताए। ‘कार्यतालिका कुनै प्रस्ताव भएको छैन। खाली कहिलेसम्म गर्न सकिन्छ भनेर साथीहरुको राय आओस् भन्ने छ,’ उनले भने।  

प्रकाशित: ३० आश्विन २०८२ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App