२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कुलिङ पिरियडमाथिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले कुलिङ पिरियडमाथिको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

सङ्घीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सभामुख घिमिरेलाई आफ्नो प्रतिवेदन यसअघि नै बुझाएको थियो ।

प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार सभामुख घिमिरेले शुक्रबार सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन पनि सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएका छन् ।

प्रकाशित: ३० श्रावण २०८२ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App