४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बल्ल मन्त्रीको शपथमा देखिए सभामुख घिमिरे

प्रतिनिधि सभा विघटन भएपछि निक्कै गुमनाम भएका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको खोजी भइरह्यो । उनी संसद् भवन जलेको ९ दिनपछि मात्र जलेको संसद भवनको अवलोकन गर्न भन्दै निस्किएका थिए ।  

नयाँ सरकार गठन भएपछि प्रतिनिधि सभा विघटन गैर संविधानिक संविधान विपरित भन्ने अभिव्यक्तिको एक विज्ञप्ति निकाल्नुबाहेक नदेखिएका सभामुख घिमिरे आज सोमबारको मन्त्री शपथमा भने देखिएका छ ।  

सुशीला कार्की नेतृत्वको सरकारका काममा घिमिरे पहिलो पटक देखिएका हुन् । उनलाई शपथको साक्षी बनेको देखेपछि बल्ल झुल्किए सभामुख भन्ने टिप्पणी हुन थालेको छ । 

मन्त्रीको शपथ ग्रहणमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहाल र विघठित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सहभागी थिए ।

प्रकाशित: ६ आश्विन २०८२ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App