१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा सभामुख अर्यालको विशेष चासो

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय  विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेटघाट गरेकी छन्।

सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिए। उनले समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने उल्लेख गरे।

यस्तै, यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदहरुको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरिन्। डिजिटल संसद् निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको उनको प्रतिबद्धता थियो।

सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिए।

भेटमा संघीय संसद सचिवालयका सचिव डा‍.रोजनाथ पाण्डे लगायतका अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित: ३० चैत्र २०८२ १९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App