६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सामान्य बन्दै सिमरा, वार्ता भोलि

फाइल तस्बिर

बाराको सिमरामा जेन-जी युवाले आयोजना गरेको राजमार्ग अवरोध प्रदर्शन प्रशासनको आश्वासनपछि बिहीबारका लागि स्थगित भएको छ।  

कुटपिट घटनामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता र वार्तामा बस्ने सहमतिपछि प्रदर्शन रोकिएको जेन-जी युवा कपिल खरेलले जानकारी दिए।

उनका अनुसार जेनजी प्रतिनिधि र प्रहरी प्रशासनबीच शुक्रबार औपचारिक वार्ता हुनेछ।

कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि सड़कमै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा ६ प्रहरी र ४ जेनजी सदस्य घाइते भएका थिए।

प्रदर्शन स्थगित भएपछि बिहान ११ बजेदेखि अवरुद्ध रहेको सिमरा–पथलैयास्थित राजमार्ग पुनः सुचारु भएको छ। यातायात सञ्चालनमा आएसँगै क्षेत्रको अवस्था सामान्य बनेको छ।

प्रकाशित: ४ मंसिर २०८२ २०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App