२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शेखरले भने: कांग्रेसले नेतृत्व परिवर्तनका नाममा जथाभाबी गर्न मिल्दैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले नेतृत्व परिवर्तनका नाममा जथाभाबी गर्ने बेला नभएको बताएका छन्। शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको नेतृत्व परिवर्तनको प्रस्तावबारेको प्रश्नमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्। 

महामन्त्रीद्वय थापाले शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा नेतृत्व परिवर्तनको विषय उठाएका थिए। तर सभापति शेरबहादुर देउवा अनुपस्थित भएकाले उक्त बैठकमा त्यस सम्बन्धमा थप छलफल भएन। सोही प्रसङ्गबारेको प्रश्न पत्रकारले कोइरालासमक्ष उठाएका थिए।

जबाफमा कोइरालाले भने, ‘कसले के भन्यो भन्ने होइन, नेपाली कांग्रेसले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ र त्यसलाई सबैले मानेर जानुपर्छ ।’

कोइरालाले अहिले नै नेतृत्व परिवर्तनको नाममा जथाभाबी गर्दै हिँड्न नमिल्ने पनि जबाफ दिए। ‘जथाभाबी अगाडि बढ्ने हुन्छ त ? मिल्छ ?,’ कोइरालाले प्रतिप्रश्न गर्दै अगाडि भने, ‘त्यो पनि सोचौँ न। तपाईँहरूले परिस्थिति बुझ्नुभएको छैन । परिस्थिति बुझ्नुभएको छ ? मैले यसअघि के बोलेको छु, त्यो म अहिले पनि अडिग छु ।’ 

पार्टीको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई सबैले मानेर हिँड्नुपर्ने बताए। 

प्रकाशित: ४ आश्विन २०८२ १४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App