२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

शेखरको संकेतः महाधिवेशन सर्छ भन्ने नसोचौँ, सरिहाले चिन्ता गर्नुपर्दैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसमा तोकिएको १५ औँ महाधिवेशन सर्छ भनेर अहिल्यै सोच्न नहुने बताएका छन्। बुधबार गृहजिल्ला मोरङ पुगेका बेला विराटनगर विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिँदै कोइरालाले यस्तो बताएका हुन्।  

कोइरालालाई पत्रकारहरूले कांग्रेसको महाधिवेशनको मिति सर्ने हल्लाबारे प्रश्न सोधेका थिए। जसको जवाफमा उनले भने, ‘अहिले त्यो नसोचौं न, हामी समयमै गरौं भन्ने हो।’ तर क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन सर्नसक्नेतर्फ उनले संकेत गरे।

‘सिरियल नम्बर नै नभएकाले क्रियाशील भरेर त तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति अप्ठेरो त हुन्छ नै,’ उनले भने। आफूले सोही कुरा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर भनिसकेको पनि कोइरालाले बताए।  

‘हामीले सभापतिजीलाई भनिसकेका छौं,’ उनले भने, ‘त्यो क्यान्सिल पनि भएको छ।’ सिरियल नम्बर नभएका फारम कसैले पनि नभर्न उनले आग्रह गरे। ‘नयाँ फारमहरू छिट्टै साथीहरूको माझमा आउनेछन्’, उनले भने।  

प्रकाशित: २ पुस २०८२ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App