२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शेखरले पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिसँग छलफल गरी राय लिए

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण साथीहरूसँग अन्तरक्रिया गरी राय लिएका छन्।

बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छलफल भयो। त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाउनुभएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ? भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा समेत उक्त बैठकमा विस्तृत छलफल भएको छ।

हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवाका सम्बन्धमा जो-जो व्यक्तिहरू जुन-जुन पदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरूले जोडदार माग उठाए। आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबै नेताहरूको एकमत थियो।

प्रकाशित: १९ पुस २०८२ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App