नेकपा एमालेकी नेतृ शान्ता चौधरीले सरकारको नियत आगामी निर्वाचन गराउने नरहेको बताएकी छन्।
उनले सभा, सम्मेलन गर्न नदिएर, हिँड्डुल गर्न नदिएर चुनाव गर्ने भन्ने भन्दै प्रश्न समेत गरिन्। उनले हिजो सिमरामा भएको घटना देश विरोधी योजना ठुलै रहेको पनि भनाइ राखिन्।
'सभा सम्मेलन गर्न नदिने, हिँड्डुल गर्न नदिने अनि चुनाव गर्ने भन्ने,' उनले सामाजिक सञ्जालमा लेख्छिन्, 'चुनाव गराउने नियत नै छैन, देश विरोधी योजना ठुलै छ यिनीहरूको।'
प्रकाशित: ४ मंसिर २०८२ ०७:११ बिहीबार





