मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । सात दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने लागेका हुन् ।
छलफलमा सहभागी एक सांसदका अनुसार कांग्रेसका यादव नेतृत्वमा सरकार बनाउने सहमति भैसकेको छ । अब प्रमुख समक्ष दाबी पेश गर्ने तयारी भइरहेको छ ।
एमाले नेतृत्वका मुख्यमन्त्री सरोज यादवले राजीनामा गरेपछि बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका आह्वान गरेका थिए ।
कांग्रेस नेतृत्व सरकारमा जसपा नेपाल, लोसपा नेपाल, नजमत पार्टी, एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछ ।
प्रकाशित: १९ मंसिर २०८२ १५:४७ शुक्रबार





