जिल्ला प्रशासन कार्यालय मोरङले सबै सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै कार्यालयले यस्तो जानकारी दिएको हो ।
जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगलागीका कारण कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको र कार्यालयको महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सेवाग्राही लक्षित सेवाहरू स्थगित गरिएको जनाइएको छ ।
सकेसम्म छिटो सेवाहरू सुचारु गर्ने प्रसास रहनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै विराटनगर महानगरपालिकाले पनि जेनजी आन्दोलनका कारण विराटनगर महानगरपालिकाको कार्यालय र अधिकांश वडा कार्यालयहरूमा तोडफोड र आगजनी गरि कार्यालयका महत्वपूर्ण अभिलेखहरू जलाएर नष्ट पारिएकाले अर्को सूचना नभएसम्मका लागि सेवाग्राही लक्षित सेसाहरू स्थगित गरिएको जनाएको छ ।
महानगरपालिकाले अत्याबश्यक सेवाहरू, स्वास्थ्य, सरसफाई,दमकललगायतका सेवाहरूभने सञ्चालन हुने जनाएको छ ।
प्रकाशित: २९ भाद्र २०८२ १७:४४ आइतबार





