२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा महामन्त्रीमा सागर ढकालको उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएलगत्तै बिहीबार सामाजिक सञ्जालमार्फत उनले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्।

खुलातर्फको केन्द्रीय सदस्य पदको निर्वाचनमा २ हजार ३ सय ३३ मतका साथ चौथो स्थान हासिल गर्दै विजयी भएका ढकालले मतदाता र प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

मतपत्रमा नाम खोज्न कठिन हुँदाहुँदै पनि अत्यधिक मत दिएर पहिलो चार जनाभित्र विजयी गराएकामा उनले आभारी रहेको बताए।

पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई, अब एउटा कुशल चालक बनेर संगठन र देशलाई सही दिशामा डोर्‍याउनु पर्ने दायित्व आएकाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको सांसद ढकालले उल्लेख गरेका छन्।

सांसद ढकालले लेखेका छन्, ‘पहिलो चार जनामा छानिदिनु भएकोमा निकै नै आभारी छु। यस पश्चात मेरो महामन्त्रीमा उम्मेदवारी रहने छ। अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।’

प्रकाशित: ११ असार २०८३ २२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App