२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रुपन्देही ३ को उपनिर्वाचन रद्द

आगामी कार्तिक १७ गते रुपन्देही ३ मा तोकिएको उपनिर्वाचन रद्द भएको छ। जेन-जी आन्दोलनपछि संघीय संसद् विघटनसँगै मुलुकमा नयाँ प्रधानमन्त्री आएपछि उपनिर्वाचन स्वत: रद्द भएको हो।

निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि यसको तयारी गरेसँगै दलहरूले पनि अन्तिम तयारी गरिसकेका थिए। केही दलले उम्मेदवारसमेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त राखेर काम अघि बढाएको थियो।

२०७९ मा रुपन्देही ३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ। तर, संवैधानिक प्रावधानको कारण अब निर्वाचन नगर्ने निर्णय भएपछि सबै तयारी स्वतः स्थगित भएको छ।

शुक्रबार अन्तरिम सरकार बनेसँगै आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको छ।

प्रकाशित: २८ भाद्र २०८२ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App