१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलमान नेतृत्वको उनेपासँग एकता अगाडि नबढाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले उज्यालो नेपाल पार्टी(उनेपा)सँगको एकता अगाडि नबढाउने निर्णय गरेको छ। शनिवार बसेको सचिवालयको आकस्मिक बैठकले उनेपासँग धेरै कुराहरू मिल्न नसकेपछि एकता अगाडि नबढाउने निर्णय गरेको सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए।  

‘सचिवालय बैठकले एकता अगाडि नबढाउने निर्णय आधिकारिक रूपमा गरिसकेको छ,’ खनालले भने,‘उहाँहरूसँग एकता भइसकेपछि दिनहुँ नयाँ नयाँ कुरा आउन थाले, पार्टीको नामै फेर्नुपर्नेसम्मका कुरा आए। जुन प्रारम्भिक सम्झौतामा थिएनन्। त्यसैले एकता अगाडि नबढाउने निर्णयमा पुगेका छौँ।’  

उनेपाका तर्फबाट कुलमान घिसिङको वरियता, महामन्त्रीसहित थप पदाधिकारी, केन्द्रीय समितिमा उल्लेख्य मात्रामा उपस्थिति र समानुपातिकको सिट सुनिश्चिततामा पनि अत्यधिक कुरा माग भएर दिनहुँ समय खर्च हुन थालेपछि रास्वपाले एकता भंग गर्ने निष्कर्षमा पुगेको खनालले बताए।  

प्रकाशित: २६ पुस २०८२ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App